दफा ७
प्रमुख जिल्ला अधिकारीले खान तलासीको वारेण्ट जारी गर्न सक्ने
(१) यो ऐन अन्तर्गत सजाय हुने कसूरसंग सम्बन्धित कुनै रेडियो यन्त्र कुनै घर जग्गा वा कुनै किसिमको सवारीमा छ भन्ने शंका हुने मनासिब कारण भएमा प्रमुख जिल्लाअधिकारीले जुनसुकै समयमा सो घर जग्गा वा सवारीको खानतलासी गर्ने वारेन्ट जारी गर्न सक्छ ।
(२) उपदफा (१) अन्तर्गत खानतलासी गर्ने वारेण्ट प्राप्त अधिकृतले सो वारेण्टमा उल्लेख भएको कुनै घर जग्गा वा सवारीमा प्रवेश गर्न र यो ऐन अन्तर्गत सजाय हुने कसूरसँग सम्बन्धित भनी आफूलाई शंका लागेको कुनै रेडियो यन्त्र उपर कब्जा गर्न सक्छ ।